नियम २३
आर्थिक अनुशासन र सदाचारिता
  (१) निजामती कर्मचारीले आफ्नो कामकारबाही आर्थिक रुपमा मितव्ययी तथा किफायतपूर्वक गर्नु पर्नेछ ।
(२) निजामती कर्मचारीले आ फु वा आफ्नाे  परिवारका सदस्यबाट समेत सरकारी कोष वा सरकारी वा सार्वजनिक सम्पत्तिको हिनामिना, वेवास्ता र दुरुपयोग गर्न गराउन हुंदैन ।
(३) निजामती कर्मचारीले सरकारी वा सार्वजनिक सम्पत्ति अनधिकृत रुपमा कुनै पनि राजनीतिक दल वा राजनीतिक दलका भातृसङ्गठन वा त्यस्ता दल वा भातृसङ्गठनका कार्यक्रमका लागि प्रयोग गर्न दिन हुंदैन ।